२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा जथाभावी सवारी पार्किङ निषेध



३ माघ ०७८ ललितपुर । ललितपुर महानगरपालिमा जथाभावी सवारी पार्किङ निषेध गरिएको छ । महानगरलाई सवारी जामरहित अभियान अनुसार महानगरपालिकाले अव्यवस्थित रूपमा जथाभावी सवारीसाधन पार्किङ गर्नेलाई सचेत गराएर ‘ठाउँको ठाउँ’ जरीवाना तिराउँदै आएको छ।

पछिल्लो १ महिनादेखि सुरू गरेको अभियान सफल भएको र यसलाई निरन्तरता दिने महानगरपालिकाले जनाएको छ।

ललितपुर महानगर भित्र जथाभावी पार्किङ गरेर हिँड्नै असहज हुने गरी सहर कुरूप बनाएकोले त्यसलाई नियन्त्रण गर्न यस्तो अभियान सुरू गरिएको नगर प्रमुख चिरीबाबु महर्जनको भनाइ छ ।
यस्तै ललितपुर महानगरलाई स्वच्छ बनाउने अभियान अन्तर्गत ललितपुर मापदण्ड विपरित घरभन्दा बाहिर राखिएका ट्रस, सेड (पाली) समेत महानगरपालिकाले हटाउन सुरू गरेको छ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।