१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको बखुण्डोलमा भिषण आगलागी, बेकरी जलेर नष्ट, ९० लाखको क्षति



फाइल तस्बिर

३ माघ ०७८, पाटन । ललितपुरमा सोमबार भीषण आगलागी भएको छ । प्र्रहरीका अनुसार ललितपुर महानगरपालिका ३ वखुण्डोलस्थित विनोद ओझाले संचालन गरेको ब्रो बेकरीमा बिद्युत सर्ट भई आगलागी भएको हो ।

सोमबार बिहान आगलागी हुँदा ओभन सेट सहित बेकरीमा प्रयोग हुने सामानहरु जलेर करिब ९० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएका प्रहरीको भनाई छ । आगलागीपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।