४ माघ ०७८, ललितपुर । ललितपुरमा आजदेखि कोरोना विरुद्धको बुस्टर डोज लगाइने भएको छ । आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरतलाई बुस्टर डोज लगाइने भएको हो ।
जसका लागि ललितपुर महानगरपालिकाले सुमेरु अस्पताल, सर्वाङ्ग अस्पताल,अल्का अस्पताल , स्टार अस्पताल , निदान अस्पताल , बिएन्डबी अस्पताल र मेडिसिटी अस्पताललाई खोप केन्द्र तोकेको छ । यी केन्द्रबाट बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन सकिने छ ।
प्रतिक्रिया