७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता साझेदार दलहरु सहमत



४ माघ ०७८, काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता साझेदार दलहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

छलफलमा सत्ता गठबन्धनका नेताहरु वैशाखमै निर्वाचन गर्न सहमत भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । उनले अब केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति तोकिने पनि जानकारी दिए । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १२ : ४५ बजे