२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका सार्वजनिक सवारीमा ५ रुपैयाँ लिएर मास्क बेच्न पाइने




५ माघ ०७८, ललितपुर । ललितपुरका बस, माइक्रोबस लयागत सार्वजनिक यातयातमा ५ रुपैया लिएर मास्क बिक्री गर्नु पर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य मास्क लगाउनु पर्ने र मास्क नलगाई आउने यात्रुलाई ५ रुपैयामा मास्क बेच्न आदेश जारी गरेका छन् ।
उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तीमा ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरिएको छ ।


मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखेर आज प्रशासनले सूचना जारी गरेको हो । प्रजिअ घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य तथा सवारी साधनको ढोका र भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख छ । यसैगरी चालक तथा सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र यातायातमा कुनै यात्रुले मास्क नलगाइ आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन पाउने आदेश प्रशासनले जारी गरेको छ ।
विद्यालय, विश्वद्यालय तथा कलेज एवं ट्युसन सेन्टरआदि शैक्षिक क्रियाकलाप सञ्चालन नगर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाइ सञ्चालन गर्नसमेत सबैमा स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ६ : ५४ बजे