ललितपुर खबर
५ माघ ०७८, ललितपुर । कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोमको माहामारी फैलिरहेको अहिलेको विषम परिस्थितीमा ललितपुर जिल्ला प्रशासनले आफ्ना सबै सेवाहरु अनिश्चित काल सम्मका लागि स्थगित गरेको छ ।
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबार सूचना प्रकाशित गरि कार्यालयबाट उपलव्ध हुँदै आएको नागरिकता,पासपोर्ट,संघसंस्था दर्ता, नावालक परिचयपत्र, राष्ट्रिय परिचयपत्रलगायतका सबै सेवाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरेको जानकारी दिएका छन् ।
उपध्यायले सूचनामा भनेका छन्, ‘नयाँ भेरियन्ट ओमिक्रोम सहितको संक्रमण बढ्दै गएको अहिलेको अवस्थामा यस कार्यालयका कर्मचारीहरु समेत संक्रमित भईउपचार एवं होम आइसोलेसनमा रहेका छन् । सेवा प्रदायकको रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीहरुको नियमित र प्रत्येक्ष सम्पर्क हुने यस कार्यालयको नागरिता नागरिकताको प्रतिलिपि, संघ संस्था, नावालक परिचयपत्र, राष्ट्रियपरिचयपत्र र राहदानी सम्बन्धि फाँटतर्फको सेवा अर्को सूचना जारी नभए सम्मको लागि मितिी २०७८ माघ ६ गतेदेखि हाललाई स्थगित गरिएको छ ।’
५ माघ २०७८, बुधबार
0
Shares
प्रतिक्रिया