१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भारतमा कोभिडबाट एकैदिन झण्डै ३ लाख संक्रमित



एजेन्सी
५ माघ ०७८, नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ ।
पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  २ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।