१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized




ललितपुरको जावलाखेलमा प्हरी कोरोना सर्तकताका लागि चेक गर्दै । लेन्स : ललितपुर खबर

६ माघ ०७८, ललितपुर । कोरोना माहामारीको बेला प्रशासनको आदेश नमान्नेलाई ललितपुर प्रशासनले आजदेखि कारवाही गर्ने भएको छ । प्रशासनको आग्रह नमान्नेलाई आज विहीबारदेखि जरिवानासमेत गरिने भएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालयले पाटनको विभिन्न ठाउँमा अनुगमन गरेको छ । मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आज सो काम गरिएको हो ।
सातदोबाटोस्थित सेल्सबेरी, ग्वार्काेको बी एण्ड बी अस्पताल तथा पुल्चोकको लबिम महलका साथै पाटनढोकाको भाटभटेनीमा समेत अनुगमन गरी भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको प्रजिअ घनश्याम उपाध्यायले बताएकाछन् । उनले भने, “हामीले यस स्थानमा गएर कोभिडको जोखिमलाई मध्यनजर गरी विशेषरूपमा ध्यान पु¥याउन अनुरोध गरेका छाँै ।” बी एण्ड बी अस्पताललगायत विभिन्न ठाउँको अनुगमन
थप एक सय पत्रकारले लगाए खोप
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाअन्तर्गतका सदस्य तथा पत्रकार गरी थप एक सयले बुस्टर डोजको खोप लगाएका छन् । सो शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा आज कोरोनाविरुद्धको तेस्रो खोप दिइएको हो ।
लगनखेलस्थित नमूना मच्छिन्द्र क्याम्पस परिसरमा तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरि कार्कीले बताएका छन् । उनका अनुसार भोलि पनि क्याम्पस परिसरमा खोप लगाइने छ । खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य साथमा लिएर आउन पनि कार्कीले आग्रह गरेका छन् ।
सो खोप मङ्गलबार पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयबाट दिन सुरु गरिएको हो । हिजो सो शाखाका साथै हाल उपत्यकामा क्रियाशील पत्रकारिता गरिरहेका ३५० पत्रकारले खोप लगाएका कार्कीले जानकारी दिएका छन् । उनका अनुसार दुई दिनमा शाखाअन्तर्गत ४५० व्यक्तिले खोप लगाइसकेका छन् ।

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ११ : ३५ बजे