७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु



राजधानीको च्यासलमा आगो ताप्दै सर्वसाधा।ण । ललितपुर खबर

६ माघ ०७८, सर्लाही । जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा तापेको आगो एक्कासी सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी थिईन् ।
तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पु¥याईएकी उनको उपचारको क्रममा गय राति साँढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बृद्धाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको आफन्तले बताएका छन् । पछिल्लो केही दिन यता जिल्लासहित तराईमा बढिरहेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।
बिशेष गरी जाडो छल्न विपन्न परिवार आगो बालेर तापिरहेका छन् । न्यानो कपडाको अभावमा कयौं परिवार रातिसमेत अगेना नजिकै आगोबालेर सुत्ने गर्छन् । त्यसरी आगो ताप्दा शरीरमा आगो सल्किएर यस्ता दुःखद घटना हुने गरेको छ । केही साताअघि मात्रै सदरमुकाम मलंगवा नगरपालिकाको खुटौनामा पनि आगोले जलेर एक जनाको ज्यान गएको थियो ।

जाडो छल्न असुरक्षित रुपमा आगो ताप्दा ज्यानसमेत जाने भएकोले सावधानी अपनाउन स्थानीय प्रहरी प्रशासनले जिल्ला वासीमा आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।