११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर एमालेद्वारा नवनिर्वाचित जिल्ला कमिटीको भचुअल शपथ ग्रहण



भर्चुअल माध्यमबाट सपथ ग्रहण गराउदै सुशीला नेपाल र सपथ लिदै जिल्ला अध्यक्ष पुरुषेत्तम आचार्य । तस्विर : रमेशचन्द्र घिमिरे

८ माघ ०७८, ललितपुर । नवनिर्वाचित ललितपुर एमाले जिल्ला कमिटीको अर्चुअल सपथ ग्रहण गरिएको छ । देशव्यापी रुपमा कोरोनाको ओमिक्रोम भाइरसको माहामारी फैलिएपछि पार्टी पोलिटव्युरो सदस्य तथा एमालेको जिल्लास्थित निर्वाचन समितीको अध्यक्ष मण्डलकी प्रमुख सुशीला नेपालले पदाधिकारीहरुलाई सपथ ग्रहण गराएकी हुन् । शनिबार विहान आयोजित भर्चुअल सपथ ग्रहण कार्यक्रममा जिल्ला निर्वाचन समितिका प्रमुख पुरुषोत्तम ढुङ्गानाले शुभकामना दिएका थिए ।
भर्चुअल कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रिय कमिटिका सदस्य हरिकृष्ण व्यंजनकार, केन्द्रिय सदस्य बाबुराम थापा लगायतको सहभागिता थिए ।
गतपौष २३ गतेबाट सुरु भएको एमाले ललितपुरको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मत रुपमा अध्यक्ष पुरुषोत्तम आचार्य चयन भएका थिए । बन्दसत्रले उपाध्यक्ष पे्रमभक्त महर्जन, सचिव राम राउत, उप सचिव श्याम व्यञ्जनकार र तारा सञ्जेललाईसर्वसम्मत निर्वाचित गर्ने निर्णय भएको हो ।
अधिवेशन लगत्तै कोरोना महामारीको संक्रमण बढ्दै गईरहेको अवस्था तथा जिल्ला कमिटिका अधिकांश पदाधिकारी र सदस्यहरु पनि सङ्क्रमित भएपछी भर्चुअल रुपमा शपथ ग्रहण सम्पन्न भएको हो ।
अधिवेशन सम्पन्न भएलगत्तै सङ्क्रमित भएका नवनिर्वाचत जिल्ला कमिटिका अध्यक्ष पुरुषोत्तम आचार्य होम आइसोलेसनामा बसेपछि ३० गते तय गरिएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको थियो । पछिल्लो समय अन्य सदस्यहरुको पनि स्वास्थ्यमा समस्या आएपछि शनिबार भर्चुअल शपथ ग्रहण आयोजना गरिएको जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ११ : ३५ बजे