१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब




९ माघ ०७८, काठमाडौ । तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन् ।
सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष वितेको अवस्था हुदाँ हुदाँ पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको छ ।
मधेस प्रदेश नामाकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सर्वाधिक चासोको रुपमा हेरिएको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।