१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरपालिकाका कर्मचारीलाई कोरोना लागेपछि सोमबार अत्यावश्यकबाहेकका सेवा बन्द



९ माघ ०७८, काठमाडौं । ललितपुर महानगरपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ ।
महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको र यसबाट महानगरपालिकामा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत संक्रमित भई उपचार एवं होम आइसोलेशनमा रहेको जानकारी दिएको छ ।
यसरी अधिकांश कर्मचारीहरु संक्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि शुक्रबारसम्म (५ दिन) महानगरबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स्, सरसफाई, नगरप्रहरी) बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सूचनामा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : ३० बजे