१० माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ५२ हजार ८४२ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा ५२ हजार ८४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८५८१, ललितपुरमा ९०५१ र भक्तपुरमा ५२१० सक्रिय संक्रमित छन्।
प्रतिक्रिया