१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चौताराका तिमल्सिना कैँची प्रहारपछि घाइते, एक युवक पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१० माघ ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका ९ घर भएका २२ वर्षीय केशव तिमल्सिनालाई धारिलो हतियार कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा मोरङ घर भई हाल भक्तपुर सूर्यबिनायक बस्ने ३३ वर्षीय बिनोद आचार्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले तिमल्सिनालाई कैँची प्रहारबाट घाइते भएको अवस्थामा फेला पारी उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल हुँदै थप उपचारको लागि वीर अस्पताल पठाउनुका साथै घटनामा संलग्न बिनोदलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।