२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने कांग्रेस नेताहरुको जोड



१० माघ ०७८, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने जोड दिएका छन् । पार्टीका नेता डा शेखर कोइरालाले आज सोमबार आयोजना गरेको भर्चुअल बैठकमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने सुझाव दिएका हुन् ।
नेताहरुले स्थानीय निर्वाचनका सम्बन्धमा सत्ता गठबन्धनमा निर्णय गर्नुअघि पार्टीमा आवश्यक छलफल गरी साझा धारणा बनाउनुपर्ने बताउँदै पार्टीमा एकता कायम गरेर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने सुझाव समेत दिएका थिए ।
बैठकमा नेता डा कोइराला, महामन्त्री गगनकुमार थापा, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, डा चन्द्र भण्डारीलगायतका सहभागी भएका थिए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले समयमै स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा विभिन्न चरणमा छलफल गर्नुका साथै आइतबार मात्रै कानूनविद्हरुसँग परामर्श गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : १६ बजे