
११ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८ सय ८२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६१७२ जना कोरोनामा नयाँ संक्रमित फेला परेका छन्।
यो कुल संक्रमितको आधा भन्दा बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५६ हजार ८ सय ८२ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४१ हजार ६ सय ३३, भक्तपुरमा ५५८१ र ललितपुरमा ९६६८ जना सक्रिय सक्रमित छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका छन्।







प्रतिक्रिया