९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरसहित पाँच जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर बढी



१२ माघ ०७८, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले देशका ५ जिल्लाहरु भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भक्तपुरको वार्षिक वृद्धिदर ३.३२  प्रतिशत रहेको छ । यस्तै रुपन्देहीको २.३०, चितवनको २.१०, बाँकेको १.९७ र सुनसरीको वार्षिक जनसंख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ ।

यस्तै रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। जसअनुसार रामेछापको माइनस १.६५, खोटाङको माइनस १.५६, मनाङको माइनस १.३२, भोजपुरको माइनस १.३२ र तेह्रथुमको माइनस १.२६ प्रतिशत रहेको छ । समग्र देशको १० वर्षको जनसंख्या वृद्धिदर भने ०.९३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।