१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वागमतीकी उपाध्यक्ष रञ्जनाले बाडिन् त्रिपाल



१३ माघ ०७८,ललितपुर । दक्षिण ललितपुरस्थित बाग्मती गाउँपालिकाकी उपाध्यक्ष रञ्जना तिमल्सिनाले त्रिपाल वितरण गरेकी छिन् । उपाध्यक्ष तिमल्सिनाले गाँउपालिकाको प्रत्येक वडामा रहेका महिला आबद्ध एक एक सहकारीलाइ बुधबार त्रिपाल (टेण्ट) वितरण गरेकी हुन् । गाउँपालिका उपाध्यक्ष रञ्जना तिमल्सिना घिमिरेले सातै वडाका ५०० भन्दा बढी महिला आबद्ध रहेका सहकारी संस्थाहरुलाई टेन्ट उपलब्ध गराएको बताइन् ।
उपाध्यक्ष घिमिरेले गाउँपालिकाको महिला सशक्तीकरण कार्यक्रममार्फत उक्त टेन्ट वितरण गरेकी हुन् । टेन्ट प्राप्त गर्ने संस्थाहरुमा शिसोटार महिला बचत तथा ऋण सहकारी, चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी,सातकन्या महिला बचत तथा ऋण सहकारी, जोशिलो महिला बचत तथा ऋण सहकारी, उत्प्रेरक महिला कृषि सहकारी,आश्राङ महिला कृषि सहकारी र नारायणी महिला बचत तथा ऋण सहकारी रहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।