९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा जारी जोर–बिजोरबारे समीक्षा हुँदै




१३ माघ ०७८, ललितपुर । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले जारी गरेको आदेशबारे समीक्षा गरिने भएको छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले शुक्रबार समीक्षा गर्न लागेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार शुक्रबार आदेशबारे समीक्षा हुनेछ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागु गरेको छ।
त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका थिए।

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षले पनि शुक्रबारसम्ममा अर्को आदेश जारी गर्ने बताए।

‘‘जोर–बिजोर प्रणालीबारे समीक्षा हुँदैछ। आज–भोलि बैठक बस्ने भएका छौं’ उनले भने ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।