१३ माघ ०७८, काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिकामा एक व्यक्ति मृत भेटिएका छन् । नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् । खाना खाएर सुतेका उनले बिहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीका अनुसार कोठामा भित्रबाट चुकुल लगाइएको थियो । उनी नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए ।
प्रतिक्रिया