१४ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली बस, माइक्रोबस र टेम्पोहरुका लागि हटाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमलगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत राखिएको प्रशासन कार्यालयहरुले जनाएका छन् ।
संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय, फिल्म हल र रात्रीकालिन व्यवसायहरु माघ मसान्तसम्म बन्द गर्ने निर्णय सीडीओहरुको बैठकले गरेको छ ।
प्रतिक्रिया