६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिन्धुपाल्चोकको लिङखुपाखरका किसानलाई हाते ट्र्याक्टर वितरण



फाइल तस्विर

१५ माघ ०७८, सिन्धुपाल्चोक । लिसङ्खुपाखर गाउँपालिकाले किसानलाई ६६ वटा हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिका कृषि शाखाले शुक्रबार गाउँपालिकाका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त हातेट्र्याक्टर वितरण गरेको हो ।
४३ वटा नौ एचपी र २३ वटा ७.५ एचपीको गरी ६६ वटा ट्र्याक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिएका छन् । नौ एचपीको ४४७०० र ७.५ को ३९००० को दरमा ठेक्कामार्फत खरिद गरिएको दुलालले जानकारी दिए । ट्र्याक्टरमा पालिका अनुदान ७० प्रतिशत र समूह, सहकारी तथा व्यक्तिगतरूपमा किसानलाई ३० प्रतिशत सहभागिता गराइएको थियो । किसानको मागका आधारमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिएका छन् ।
यसैगरी गाउँपालिकाले फलफूलको बिरुवा माटो परीक्षण गरेर वितरण गर्दै आइरहेको थियो छ । किसानहरूलाई विविध खाले कृषि अनुदानसमेत प्रदान गर्दै आएको छ । स्थानीय सरकार आएपछि किसानलाई राहत मिलेको कृषक भक्तलाल श्रेष्ठ बताउछन् । उनले अब खेती गर्न सहज हुने विश्वास व्यक्त गरे ।
ट्र्याक्टर वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमगङ्गा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, जनप्रतिनिधि र किसानको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।