११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रगतको चरम अभावपछि मंगलबजारमा रक्तदान कार्यक्रम गरि रगत संकलन




१५ माघ ०७८, पाटन । कोरोना माहामारीको बेला देशभर रगतको चरम अभाव भइरहेको सन्दर्भमा युवा संघ ललितपुरले पाटन मंगलबजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
माहामारीको समयमा देशभर रगतको अभाव भएको भन्दै पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आयोजित साताव्यापी रक्तदान कार्यक्रमको क्रममा युवा संघ ललितपुरले यो रक्तदान कार्यक्रम आयोजना गरेको जिल्ला अध्यक्ष चिन लामाले ललितपुर खबरलाई बताए ।
शम्भू महर्जनले ९३ औं पल्ट रक्तदान गरेका थिए ।
शनिबार उपत्यकाको ५ ठाँउमा रक्तदान गरिएको लामाले बताए ।
नेपाल रेडक्रससोसाइटीको अनुरोध पछि युवासंघले २ हजार पिन्ट रगत संकलन का लागि यो कार्यक्रम गरिरहेको छ ।
अध्यक्ष लामाले भैसेपाटी चापाँगाउ,लूभू, लगनखेलमा पनि रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी रहेको बताए ।
काठमाडौं उपत्यकामा ४ सय पिन्ट रगतको माग रहेको अवस्थामा अहिले दैनिक मुस्किलले १ सय ५० पिन्ट मात्रै रगत उपलव्ध हुन सकेको छ ।
रक्तदान कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवासंघका केन्द्रीय संयोजक किरण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा पौडेलले वर्तमान सरकारले सिटामोल समेत व्यवस्थापन गर्न नसकेको अवस्थामा आफूहरुले रक्तदान कार्यक्रम मार्फत सघाई रहेको बताए।
कार्यक्रममा नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले समयमै स्थानीय निर्वाचन गर्न युवासंघले दबाबमूलक कार्यक्रमहरु गर्नुपर्ने बताए । आचार्यले मूल्य वृद्धि लगायतका विषयको दबाबमूलक कार्यक्रम गर्न युवाहरु लाग्नु पर्ने र त्यसमा पार्टीले युवाहरुलाई पुर्ण सहयोग गर्ने समेत बताए ।
लामाले आकस्मिक शल्यक्रिया लगायतका विभिन्न जटिल उपचारका लागि बिरामीका आफन्तहरु रगतको खोजिमा जताततै भौतारिएर हिड्नु पर्ने अवस्था रहेको र हाल कोभिडकै कारण सहज रुपमा ब्लड दिन जो कोही तयार नहुने अवस्था रहेको समेत बताए । ‘ रगतको अभावले अस्पतालको शैय्यामा छट्पट्टाएका बिरामीहरुले हाम्रो एक मुठ्ठी रगतले पुनर्जीवन पाउन सक्छ, हामी नेकपा एमालेका नेता कार्यकर्ताहरु आवश्यक पर्दा देश र जनताको लागि जस्तोसुकै बलिदानी दिन तयार छौं ‘ लामाले भने ।
उक्त रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य हरिकृष्ण ब्यन्जनकार, महानगर अध्यक्ष आस्था शाक्य, राष्ट्रिय युवासंघ संगठन विभाग प्रमुख क्षितिज थेबे, ललितपुर ईन्चार्ज राजु श्रेष्ठ, केन्द्रीय सदस्यहरु, पृथविन्दु महर्जन, धिरेन्द्र लोहनी, संगिता अछामी लगायतका नेताकार्यकर्ताहरुले प्रमाणपत्र र खादा ओढाएर सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको सहयोगमा कान्तिपुर हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न भएको थियोे ।

 

 

 

 

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : ४४ बजे