२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोरङ उखुबारीमा भेटिएको दुई शवमध्ये एउटा शव भक्तपुरका राजेन्द्रकुमार श्रेष्ठको



१६ माघ ०७८, काठमाडौँ । मोरङको उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ ।

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव निकालेको थियो ।

बुधबार राति खाल्डोवाट निकालिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको र बिहीबार खाल्डोबाट निकालिएको शव धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको रहेको पुष्टि भएको हो ।

उखुबारीमा चौधरीको शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर फेला परेका राजेन्द्र कुमार श्रेष्ठको शव भेटिएको थियो ।

उनीहरु दुवैजना जग्गा कारोबार र ठेक्कापट्टा गर्थे । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् ।

लेनदेनको विवादमा दुवै जनाको सँगै हत्या भएको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । विराटनगर, झापा र काठमाडौंका केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो। हत्यामा काठमाडौंमा बस्नेहरु नै संलग्न रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  २ : १७ बजे