२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट लगिएको एक केजी सुन पोखरामा बरामद




१६ माघ ०७८, काठमाडौँ । काठमाडौंबाट लगिएको एक केजी अवैध सुन पोखरामा बरामद भएको छ। उक्त सुन बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो बराबरको बिस्कुट आकारको सुन जस्तो देखिने धातुसहित पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरिएको हो।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : ३८ बजे