६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसम गढबढी : अझैं केही दिन सुधार नहुने




१६ माघ ०७८, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ ।
महाशाखाको अनुसार सोमबार प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री र अधिकतम तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव सात डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।