१६ माघ ०७८,ललितपुर । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा ललितपुरमा विरगति प्राप्त गरेका अमर सहिद सागरसिंहको तस्विरमा समेत माला र पुष्पगुच्छा अर्पण गर्दै ललितपुर काँग्रेसले सहिद दिवस मनाएको छ ।
ललितपुर काँग्रेसले सहिद मनाउने क्रममा आइतबार विहान ललितपुरको नखिपोटस्थित पार्टी कार्यालयमा जिल्ला पार्टी सभापति जितेन्द्र श्रेष्ठ,सचिव बशिष्ठ अधिकारीलगायतले सहिदको तस्विरमा फूल माला चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
शहिदरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई स्मरण गर्दै ललितपुर जिल्ला कार्य समितिले नखिपोटस्थित पार्टी कार्यालयमा माल्यार्पण र पुष्प गुच्छा अर्पण गरेको हो ।
ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले शहिदहरुप्रति साँचो सम्मान जनताका बिचमा रहेका उनीहरुको स्याबासी प्राप्त गर्न सकेमा मात्र हुने बताए । उनले पार्टीका जिम्मेवार नेता र कार्यकर्ताहरु यो उपलब्धि सामुहिक रुपमा आत्मसाथ गर्न लाग्नुपर्नेमा जोड दिए ।
शहिद प्रति पुष्पगुच्छा अर्पण गरि सम्मान जनाउनेमा प्रदेश सहमहामन्त्रीदेखि क्षेत्र, महानगरपालिका, जनप्रतिनिधि, इकाई सभापति सबै तहका नेताहरुको उपस्थिति रहेको थियो।
१६ माघ २०७८, आइतबार
0
Shares
प्रतिक्रिया