
१६ माघ ०७८, काठमाडौं । टोखा नगरपालिका ८ बानियाटार गैरीगाउँ बस्ने पुष्कर देव मिश्रको घरबाट नगद र सुनको बिभिन्न गर–गहना समेत गरी करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको छ ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया