१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना हुँदै



१८ माघ ०७८, ललितपुर ।  ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ। मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरे।

सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन सूचना केन्द्र पहिलो माध्यम भएको बताए।

उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउन महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको पनि बताए।

मेयर महर्जनले हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। महानगरपालिका भित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उनको भनाइ छ।

त्यस्तै, मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा महानगरपालिका रहेको बताए।

ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधरणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजश्व कति तिर्नुपर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसेपाटी, सानेपा, रिङरोडभित्र ३ र रिङरोडबाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने भएको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १ : ४४ बजे