१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार देशभर सार्वजनिक बिदा



१८ माघ ०७८,काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्बजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि वाग्मती प्रदेश सरकारले प्रदेशभर ल्होसारमा बिदा दिने निर्णय गरेको थियो । तामाङ समुदायका अगुवाहरुले पर्वमा बिदा दिन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  २ : १७ बजे