३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा निरन्तर घट्दै कोभिड संक्रमित




एजेन्सी
१९ माघ ०७८, नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कमी हो । मंगबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्ला साता संक्रमण क्रमिक रुपमा घटे पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट एक हजार १९२ जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरलामा मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा केरलामा ६३८ जनामा संक्रमण देखिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकारले खोप अभियान पनि तीव्र पारेको छ । भारतमा अहिलेसम्म ७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् ।

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ११ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।