१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सर्वोच्च अदालतको २८ माघसम्म आंशिक सेवा



२१ माघ ०७८, काठमाडौं । सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ ।
कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म लम्बिएको हो ।
५ माघदेखि बन्दी प्रत्यक्षीकरण र कोरोना महामारी सबन्धित सुनवाइ मात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले थप १० दिन सेवा संकुचनको निर्णयलाई लम्बाउने निष्कर्षमा पुगेको हो ।
मुलुकी फौजदारी संहिता, फौजदारी कार्यबिधि बमोजिम थुनामा रहेका व्यक्तिको निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिख र जनस्वास्थ्य मापदण्ड कायम गरी जारी राख्ने पुर्ववर्त निर्णय भने यथावत रहनेछन् ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।