९ पुस २०८१, मंगलबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


फुल्चोकी चन्द्रागिरिलगायतका डाँडामा हिमपात




२१ माघ ०७८, काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि, फुलचोकी लगायतका डाँडाहरुमामा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेका फुल्चोकी,दलचोकी,नार्गाजुन र चन्द्रागिरी लगायतका स्थानमा स्थानमा आज बिहानैदेखि हिमपात भएको हो । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताएका छन् ।


गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।


यस्तै हिँउ परेका कारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ । गएरातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो । हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : ०७ बजे