१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२५२६ कोरोना संक्रमित थपिँदा ८४२५ संक्रमणमुक्त




२१ माघ ०७८, काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कोरोनाका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ८ हजार ४२५ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ।

काठमाडौं उपत्यकामा थप ७४५ जना कोरोना संक्रमित थपिएका छन्।  पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गरी थप ७४५ जनामा संक्रम पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ५७० जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, ललितपुरमा १२० र भक्तपुर जिल्लामा ५५ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हाल २९ हजार २४६ जना सक्रिय संक्रमित छन्। सबैभन्दा बढी काठमाडौं जिल्लामा १६ हजार ३ जना सक्रिय संक्रमित छन्। यस्तै, ललितपुरमा ९ हजार ३५१ र भक्तपुर जिल्लामा ३ हजार ८२९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : २२ बजे