९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा २९ हजार २४६ जना सक्रिय संक्रमित



फाइल तस्बिर

२१ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ७४५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गरी थप ७४५ जनामा संक्रम पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ५७० जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, ललितपुरमा १२० र भक्तपुर जिल्लामा ५५ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हाल २९ हजार २४६ जना सक्रिय संक्रमित छन्।

सबैभन्दा बढी काठमाडौं जिल्लामा १६ हजार ३ जना सक्रिय संक्रमित छन्। यस्तै, ललितपुरमा ९ हजार ३५१ र भक्तपुर जिल्लामा ३ हजार ८२९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।