१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हावाहुरी र वर्षाका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु




२१ माघ ०७८, काठमाडौं । अविरल वर्षा तथा हावाहुरीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ । त्यस्तै हावाहुरीले रुख भाँच्चिएर लाग्दा धनुषामा २ जना र वर्षाका कारण घर भत्किँदा रौतहटमा १ जनाको मृत्यु भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण घर भत्किँदा घरमा च्यापिएर रौतहटको बौधीमाई नगरपालिका–१ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
यस्तै, धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन उच्च माविको प्राङगणमा रहेको भिस (मसाला) को रूख हावाहुरीको कारण भाँच्चिदा रुखमा च्यापिएर २ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रूखमा च्पापिएर सोही ठाउँ बस्ने महेन्द्र सादाकी छोरी ८ वर्षीया प्रतिमा कुमारी सादाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।