१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महोत्तरीमाबाट झण्डै एक क्विण्टल गाजा नियन्त्रण




विशाल बस्नेत

२१ माघ ०७८, महोत्तरी । इलाका प्रहरी कार्यालय बर्दिबासले ८६ किलो प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको छ ।

चेकजाँचका क्रममा काठमाडौंबाट सिन्धुली हुँदै बर्दिवासतर्फ आएको बोलेरोमा ८६ किलो गाजा शुक्रबार साझ बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

बर्दिवास–३ स्थित इलाका प्रहरी कार्यालयको अगाडी चेकपोष्टमा बा१२च ३९५५ नम्बरको बोलेरोको पछाडीको हुटमा लुकाएर ल्याएको उक्त गाजासहित बोलेरो चालकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो साखा बिरगन्जबाट खटिएको टिमसहित इलाका प्रहरी कार्यालय बर्दिवासले उक्त गाडी दिनभर निगरानीमा राखेको थियो ।

बोलेरोसहित सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भएका ३१ वर्षीय रमेश राणा मगरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

बोलेरोको हुडमा कालो प्लाष्टिकले छोपेर ल्याएको आठ पोका गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । डिजिटल तराजुले तौलिँदा उक्त गाजा ८६ केजी ३६५ ग्राम रहेको प्रहरीको भनाइ छ । न्युज कारखाना

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।