१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु



फाइल तस्विर

२२ माघ ०७८, प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाको ज्यान गएको छ । मृतक पहिचान खुल्न सकेको छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।
जीप खोल्सामा खसेको थियो ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए । न्युज कारखाना

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ४० बजे