९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको कोहिटीमा घर ढलान गर्ने क्रममा करेन्ट लागेपछि मृत्यु




२२ माघ ०७८, काठमाडौं । काठमाडौंको कोहिटीमा घर ढलानको क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २० कोहिटी बस्ने राजेश महर्जनको निर्माणधिन घरमा ढलान गर्ने क्रममा करेन्ट लागेर रामेछाप तेमाल गाउँपालिका ३ घर भएका २१ वर्षीय कृष्ण तमाङको बिहीबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।