१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ओरालो लाग्दै सङ्क्रमण, एक हजार ७१४ सङ्क्रमित थपिए  




२२ माघ ०७८, काठमाडौँ ।    पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७८० छ ।

आज चार हजार ७७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म नौ लाख ६३९ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ४६३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा १०४  र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।