२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको मजमैजुमा घरेलु मदिरा नष्ट



फाइल तस्विर : मदिर नष्ट गर्दै प्रहरी ।

२२ माघ ०७८, काठमाडौं । तारकेश्वर नगरपालिका ९ मनमैजुमा रहेको भिरालो पाखोमा अन्दाजी दुई रोपनी जमिनमा जस्तापाता÷बाँसद्वारा निर्मित ७ वटा भट्टिहरुबाट अन्दाजी ७ हजार लिटर तयारी घरेलु मदिरा र अन्दाजी १५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ शुक्रबार दिउँसो प्रहरीले नष्ट गरेको छ ।
उक्त स्थानमा टहराहरु निर्माण गरी अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले आन्तरिक राजश्व कार्यालय बालाजुका प्रतिनिधि, तारकेश्वर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य र स्थानीय समेतको रोहवरमा उक्त टहराहरुमा रहेको तयारी घरेलु मदिरा तथा कच्चा पदार्थ समेत नष्ट गरेको हो ।
उक्त मदिरा उत्पादन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस् सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।