९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको नारायणटारमा आगलागी, झण्डै एक करोडको क्षति



फाइल तस्विर

२२ माघ ०७८, नारायणटार । काठमाडौंको नारायणटारमा आगलागीपछि झण्डै एक करोडको क्षति भएको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ६ नारायणटारस्थित अर्थोपेडिक अस्पतालको लोन्ड्रीमा वासिङ मेशिनमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी भएको थियो । आगलागीपछि यस अस्पतालको वासिङ मेसिन, लत्ताकपडा, फर्निचर र भवन समेत जलेर करिब ९५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागी प्रहरी स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।