६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कर्णालीमा घट्यो कुष्ठरोग



फाइल तस्विर

२३ माघ ०७८, कर्णाली । कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँच वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले पाँच वर्षअघि बिरामी पत्ता लाग्ने दर ६.४९ प्रतिशततथाहाल ३.६७ प्रतिशत रहेको बताएका छन् । “कर्णालीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ, बिरामीको पहिचान वर्षेनी घट्दो क्रममा छ”, उनले भने, “समयमै रोग पत्ता लगाएर नियमित उपचार गरेमा यो पूर्णरूपमा निको हुन्छ, अपाङ्गता हुनबाट बच्न सकिन्छ ।”
र्णालीमा कुष्ठरोग निवारणका लागि सरकारी निकायसँगै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनएफले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ११५, २०७४÷७५ मा ११५, २०७५÷७६ मा ८९, २०७६÷७७ मा ५५ र २०७७÷७८ मा ६७ नयाँ बिरामी फेला परेका छन् ।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।