१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टिष्टुङ पालुङबाट चल्न थाल्यो गाडी




२३ माघ ०७८, हेटौडा । हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथअन्र्तगत टिष्टुङ पालुङबाट आज बिहानैबाट गाडी सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो ।
जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी पुन ःसञ्चालनमा आएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।