२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सवारी साधनमा जोर–बिजोर हटाउन सिफारिस, विद्यालय तत्काल नखुल्ने




२३ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी गरिएको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो।

उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ। सार्वजनिक यातायातमा भने गत साताबाट जोर बिजोर हटाइएको छ।

सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न उपत्यकाका तीन वटै जिल्लाका सीडीओको बैठक बस्दैछ। सीसीएमसीको सिफारिस अनुसार सोमबारबाटै नयाँ निर्णय कार्यन्वयन गर्ने गरी तयारी भएको एक प्रमुख जिल्ला अधिकारीले बताए।

विद्यालय खुल्ला गर्ने लगायतका निर्णय भने तत्काल नहुने भएको छ। यस्तै भीडभाड बढी हुने क्षेत्र पनि तत्काल खुल्ला हुने छैनन्।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।