२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु



फाक्ष्ल तस्विर

२४ माघ ०७८, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
उनका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको पहिचान हुन बाँकी छ।

 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।