१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हेटौंडामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु



© ????? ????????????? ???

२४ माघ ०७८, हेटौडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हेटौडा १ चाइना क्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरे रहेका छन् ।
सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग१ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घिमिरेको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।