२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल आइपुग्यो आठ लाख डोज एस्ट्राजेनेका कोरोना खोप




२४ माघ ०७८, काठमाडौं । बेलायतबाट आठ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायतले नेपाल पठाउन लागेको २१ लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं आइपुगेको हो ।
नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत आठ लाख डोज खोप नेपाल पुगेको जानकारी दिएकी छन् । ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । यीमध्ये आज ८ लाख डोज प्राप्त गर्न पाउँदा खुशी लागेको छ,’ राजदूत पोलिटले ट्वीटरमा लेखेकी छन् ।
उनले बाँकी खोप केही दिनभित्रै काठमाडौं आइपुग्नेसमेत जनाएकी छन् । उनले नेपाली जनताको सुरक्षाका लागि खोप सहयोग गर्न पाउँदा खुशी लागेको बताएकी छन्

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।