१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल आइपुग्यो आठ लाख डोज एस्ट्राजेनेका कोरोना खोप




२४ माघ ०७८, काठमाडौं । बेलायतबाट आठ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायतले नेपाल पठाउन लागेको २१ लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं आइपुगेको हो ।
नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत आठ लाख डोज खोप नेपाल पुगेको जानकारी दिएकी छन् । ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । यीमध्ये आज ८ लाख डोज प्राप्त गर्न पाउँदा खुशी लागेको छ,’ राजदूत पोलिटले ट्वीटरमा लेखेकी छन् ।
उनले बाँकी खोप केही दिनभित्रै काठमाडौं आइपुग्नेसमेत जनाएकी छन् । उनले नेपाली जनताको सुरक्षाका लागि खोप सहयोग गर्न पाउँदा खुशी लागेको बताएकी छन्

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।