
२५ माघ ०७८, काठमाडौं । राजधानीको माइतीघर मण्डलामा राखिएको राष्ट्रिय झण्डा च्यालिएको छ ।
निरन्तरको झरी र घामका कारण झण्डा च्यातिएको हो । बीच सडकमा सबैको आँखा पर्ने ठाँउ मण्डलामा झण्डा च्यातिएको अवस्था छ । च्यातिएको झण्डा केही दिनदेखि टागिरहँदा लज्जा बोध हुने एक बटुवाले प्रतिकृया दिए ।
माइती घर मण्डलामा नाकाबन्दीको समयमा नागरिक स्तरबाट यो झण्डा राखिएको थियो । झण्डाको माथिल्लो भाग चन्द्रमा नजिकबाट च्यालिएको हो ।
माइती घरमा राखिएको झण्डाको सिको गर्दै विभिन्न सार्वजनिक तथा नीजि ठाँउमा पछिल्लो समय झण्डा राख्ने चलन सुरु गरिए पनि झण्डाको उचित सम्मन भने भएको पाइदेै ।
२५ माघ २०७८, मंगलबार
0
Shares







प्रतिक्रिया